Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

    ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २५ जेष्ठ २०८१
  • 624
    SHARES

    फाइल तस्विर

    मकवानपुर । मकवानपुरमा ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार एक जना महिलाको मृत्यु भएको छ।

    मनहरी गाउँपालिका-९ रजैयास्थित पूर्वपश्चिम सडकखण्डमा ग्यास बुलेटले ठक्कर दिँदा मोटरसाइकलमा सवार ३३ वर्षीया निर्मला अधिकारीको मृत्यु भएको हो ।



    दुर्घटनामा मोटरसाइकल चालक पोखरा उपमहानगरपालिका-११ फुलबारी बस्ने ३१ वर्षीय सुवास गुरूङ र उनकी श्रीमती निर्मला घाइते भएका थिए।



    उनीहरू दुबै जनालाई उपचारको लागि हेटौंडास्थित सिएमसी चुरेहिल अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    दुर्घटनामा परेको ग ७ प २३०४ न।को मोटरसाइकल हटौंडाबाट चितवनतर्फ जाँदै गरेको थियो। विपरीत दिशाबाट एएस-२५ डिसी ०२१२ नम्बको ग्यास बुलेट गाडी आइरहेको थियो।

    इलाका प्रहरी कार्यालय मनहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। ग्यास बुलेटका चालक भारत विहार पटियार थाना सदियान बस्ने ३७ वर्षीय मनिन्द्रकुमार दास पक्राउ परेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार