Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कांग्रेस नेता निधिले भने – अब पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नुपर्छ

    कांग्रेस नेता निधिले भने – अब पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नुपर्छ

    अनलाइन नेपाल
  • शुक्रबार, २५ जेष्ठ २०८१
  • 498
    SHARES

    सुर्खेत । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नुपर्ने बताएका छन् ।

    आज बिहान सुर्खेतको वीरेन्द्रनगरमा बोल्दै कांग्रेस नेता निधिले यस्तो बताएका हुन् ।



    नेता निधिले पार्टीभित्रको असन्तुष्टि र असहमतिलाई सहज बनाउनका लागि देशभर नै छलफल र भेटघाटको काम अघि बढाइएको बताए।



    नेता निधिले भने,’पार्टीभित्रको समस्याहरू समाधान गरिनुपर्छ भनेर म कर्णालीमा आएको हुँ । विचार केन्द्रित राजनीति गर्न आवश्यक छ । त्यसो गरेको खण्डमा समाधान हुन्छ।’

    उनले पार्टीभित्र गुटबन्दीको व्यवस्थापन विचारको आधारमा समाधान गर्नुपर्ने बताए ।

    पार्टीभित्रका समस्या समाधान गर्दै ०८४ को चुनावमा कांग्रेस एक्लै चुनाव लड्ने र बहुमतको सरकार बनाउने गरी अग्रसर हुने बताए ।

    निधिले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको कारण राष्ट्रिय राजनीतिमा समस्यालाई आइरहेको बताए ‌।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार