Online Nepal
  • आइतबार, २० असोज २०८१
  • जनतालाई राम्रो सुविधा दिए मात्र संघीयता बलियो हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    जनतालाई राम्रो सुविधा दिए मात्र संघीयता बलियो हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, २५ जेष्ठ २०८१
  • 324
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई राम्रो सुविधा दिएर मात्र संघीयता बलियो हुने बताएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति अनास्था फैलाउने कोशिस भइरहेकाले सेवा प्रवाहमा सुधार ल्याउँदै तीनै तहका सरकारलाई बलियो बनाउनुपर्ने बताए ।



    प्रधानमन्त्री प्रचण्डले संघीय निजामती सेवा ऐन र प्रहरी समायोजनको काम छिटो निष्कर्षमा पुर्‍याउन आफूले पहल गरिरहेको जानकारी पनि गराए ।

    यी सम्पन्न गरी कार्यान्वयन भएपछि संघीयतामा प्रश्न उठाउनेहरु कमजोर हुने उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार