Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • महिला सुरक्षाकर्मीले कंगनालाई एयरपोर्टमा किन हानिन् थप्पड ?

    महिला सुरक्षाकर्मीले कंगनालाई एयरपोर्टमा किन हानिन् थप्पड ?

    अनलाइन नेपाल
  • शुक्रबार, २५ जेष्ठ २०८१
  • 3.1K
    SHARES

    एजेन्सी । केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ) की एकजना महिला जवानले बलिउड अभिनेत्री कंगना रनौतमाथि चण्डीगढ विमानस्थलमा थप्पड हानेकी छिन् ।

    बिहीबार हिमाचल प्रदेशको मन्डी सिटबाट लोकसभामा विजयी अभिनेत्री कंगनालाई सीआईएसएफकी जवान कुलविन्दर कौरले थप्पड हानेकी हुन् । यस घटनालाई लिएर कंगनाले प्रहरीमा निवेदन दिएकी छन् ।



    सीआईएसएफकी महिला जवानले कंगनाद्वारा किसान आन्दोलनमा महिलाबारे एक विवादित वक्तव्य दिएको भन्दै थप्पड हानेको बताइएको छ ।



    थप्पड हानेको आरोपमा महिला जवान कौरलाई अहिले हिरासतमा लिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार