काठमाडौँ । राजस्व अनुसन्धान विभागले दरबारमार्गस्थित क्यासिनो प्यालेसमा छापा मारेर एक करोड पाँच लाख बरामद गरेको छ ।
स्रोतका अनुसार विदेशी मुद्राको अवैध कारोबार गरेको सूचनाको आधारमा विभागले क्यासिनो छापा मारेको थियो ।
क्यासिनोले नेपाली रुपैयाँ पनि सङ्कलन गरिरहेको भेटिएको बताइएको छ ।
विभागले क्यासिनोको सेफ र लकर पनि नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
Leave a Reply