काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सहकारी ठगको ट्याग बोकेर हिंड्नु परेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्रीसमेत रहेका उनले यस्तो बताएका हुन् ।
उनले धेरै सहकारी पीडितको बचत फिर्ता गराउन र सहकारी समस्याको समाधान गर्न आफूले पहल गरे पनि सहकारी ठगको ट्याग लगाइएको गुनासो गरे ।
उनले भने, ‘सहकारी पीडितहरुका लागि कैयौं रिपोर्टहरु बनाइयो, कतिका लागि लडियो । कतिलाई जेल पठाइयो, कतिको पैसा फिर्ता लगाइयो । अहिले सहकारी ठगको ट्याग बोकेर हिंड्नुपरेको छ । मेरो भाग्य यस्तै छ ।’
Leave a Reply