Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • दिल्लीका मुख्यमन्त्री केजरीवालले १९ जुनसम्म न्यायिक हिरासतमा बस्नुपर्ने

    दिल्लीका मुख्यमन्त्री केजरीवालले १९ जुनसम्म न्यायिक हिरासतमा बस्नुपर्ने

    अनलाइन नेपाल
  • बुधबार, २३ जेष्ठ २०८१
  • 567
    SHARES

    एजेन्सी । राउज एभेन्यु अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको न्यायिक हिरासत बढाएको छ ।

    मुख्यमन्त्री केजरीवालमाथि अदालतले रक्सी घोटालामा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सो निर्णय गरेको हो ।



    उनी अब जुन १९ सम्म न्यायिक हिरासतमा बस्नुपर्नेछ । आज उनलाई भिडियो कन्फ्रेन्समार्फत अदालतमा पेश गरिएको थियो ।



    अदालतले मुख्यमन्त्री केजरीवालको सात दिनको अन्तरिम जमानतको निवेदन खारेज गरेको छ ।

    केजरीवालले मेडिकल कारण देखाउँदै ७ दिनको जमानत मागेका थिए ।

    यसैबिच अदालतले आवश्यक स्वास्थ्य परीक्षण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार