काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट कतै पनि नढल्किएको बताएका छन् ।
संसदभवन बाहिर आज बोल्दै अर्थमन्त्री पुनले बजेट माओवादी केन्द्र तिर नभई जनतातिर ढल्केको बताएका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठकमा आगामी आर्थिक वर्षको बजेट माओवादीतिर ढल्केको भन्दै टिप्पणी गरेका थिए ।
अर्थमन्त्री पुनले भने, ‘सरकारले ल्याएको बजेट कतै पनि ढल्किएको छैन । नेकपा माओवादी केन्द्र, निजी क्षेत्र र सरकारतिर बढी ढल्केको भन्ने टिप्पणी छन् । यथार्थ होइन । मैले ल्याएको आगामी आर्थिक वर्षको बजेट जनतातिर ढल्केको छ । सरकारले बजेट कार्यान्वयन गर्छ र वस्तुगत रूपमा रिजल्ट पनि दिन्छौं ।’
मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने र समग्र जनता र युवामा आत्मविश्वास र हौसला पैदा गर्ने खालको बजेट ल्याएको अर्थमन्त्री पुनको दाबी छ ।
हरेक तीन वर्षमा कर्मचारीको तलब वृद्धि गर्ने कानूनी व्यवस्था भएकाले अर्को वर्ष तलब वृद्धि हुने अर्थमन्त्री पुनले बताए ।
Leave a Reply