Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चले असार १२ गते फैसला सुनाउने

    पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चले असार १२ गते फैसला सुनाउने

    अनलाइन नेपाल
  • बुधबार, २३ जेष्ठ २०८१
  • 537
    SHARES

    काठमाडौं । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा सर्वोच्च अदालतले निर्णय सुनाउने मिति तोकेको छ ।

    सर्वोच्च अदालतको संवैधानिक इजलासले सापकोटा विरुद्धको रिट निवेदनमाथि अन्तिम सुनुवाइ गर्दै तीन सातापछि निर्णय सुनाउने मिति तोकेको हो ।



    रिट निवेदनमा सर्वोच्च अदालतले १२ असारमा निर्णय सुनाउने भएको छ । आफ्नो पतिको हत्यामा संलग्न सापकोटा विरुद्धको मुद्दा अघि बढाउनुपर्ने माग राखी काभ्रेकी पूर्णिमाया लामाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् ।



    प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ सकिएपछि आज निर्णय सुनाउने मिति तोकिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार