Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • काठमाडौंमा एक पुरुषले लगाए आफ्नै शरीरमा आगो, श्रीमतीसहित तीन छोरी घाईते

    काठमाडौंमा एक पुरुषले लगाए आफ्नै शरीरमा आगो, श्रीमतीसहित तीन छोरी घाईते

    अनलाइन नेपाल
  • बुधबार, २३ जेष्ठ २०८१
  • 1.2K
    SHARES

    काठमाडौं । चाबहिलको सरस्वतीनगरमा एक जना पुरुषले श्रीमती र ३ छोरीलाई मट्टितेल खन्याएर आगो लगाएका छन् ।

    काठमाडौंको चाबहिलको सरस्वतीनगरका ५५ वर्षीय चञ्ञलबहादुर सिंहले श्रीमती र छोरीहरूलाई मट्टितेल छर्केर आगो लगाएका हुन् ।



    उनले आफैंलाई पनि आगो लगाएका छन् । सिंहले श्रीमती बिन्दु र २४ वर्ष, १६ वर्ष र ८ वर्षकी छोरीहरूलाई आगो लगाएको काठमाडौं प्रहरी वृत्त गौशालाले जनाएको छ ।



    आगोबाट जलेका पाँचै जनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

    घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    सिंहले श्रीमती र छोरीहरूलाई मट्टितेल छर्केर आगो लगाएपछि आफैंलाई पनि आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार