Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

    डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २३ जेष्ठ २०८१
  • 528
    SHARES

    फाइल तस्विर

    धनगढी । डोटीमा दुर्घटना हुँदा बालिकासहित २ जनाको मृत्यु भएको छ ।

    दार्चुलाबाट धनगढीतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०१-००१ ज १४८९ नम्बरको जिप आज बिहान भीमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका-१ खडिनामा दुर्घटना भएको हो ।



    दुर्घटनामा परेर जिपमा सवार महिलाको घटनास्थलमै मृत्यु भएको छ भने बालिकाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमै मृत्यु भएकी महिलाको सनाखत हुन सकेको छैन ।



    घाइते अवस्था धनगढी पुर्‍याइएकी दार्चुलाको लेकम गाउँपालिका-६ का हरिश पार्कीकी २ वर्षीया छोरी रितिकाको निसर्ग हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो ।

    मृतकका बुवा पार्की र आमा भावना ओड पार्की पनि घाइते छन् ।

    यस्तै दुर्घटनामा जिप चालक बैतडीको डिलासैनी गाउँपालिका-५ का १९ वर्षीय बासुदेव नाथ, दार्चुलाको लेकम गाउँपालिका-६ बस्ने ४५ वर्षीय जगतसिंह धामी, डिलासैनी गाउँपालिका-६ का १७ वर्षीय अर्जुन लुहार, डिलासैनी-३ कि २२ वर्षीया रमिता ओड र मालिकार्जुन गाउँपालिका -४ बस्ने ७४ वर्षीया मानमति धामी पनि घाइते छन् ।

    जिप दुर्घटनाको कारण भने खुलेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार