Online Nepal
  • आइतबार, २० असोज २०८१
  • ऊर्जा क्षेत्रको विकासका लागि सरकार दृढतापूर्वक अगाडि बढिरहेको छ : प्रधानमन्त्री प्रचण्ड

    ऊर्जा क्षेत्रको विकासका लागि सरकार दृढतापूर्वक अगाडि बढिरहेको छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, २२ जेष्ठ २०८१
  • 477
    SHARES

    सङ्खुवासभा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा क्षेत्रको विकासमा सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताएका छन् ।

    अरूण–३ जलविद्युत परियोजनाको ब्रेक–थ्रु कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।



    विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने उनको भनाइ छ। ऊर्जा क्षेत्रको प्रवर्द्धनका लागि सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने पर्याप्त प्रावधान ल्याएको प्रधानमन्त्री प्रचण्डले बताए।



    प्रधानमन्त्री प्रचण्डले भने,’विद्युत् प्रसारण लाइन निर्माण र वितरण कार्यमा निजी क्षेत्रसमेत सहभागी हुनेगरी कानूनी प्रबन्ध गर्ने, जलाशययुक्त जलविद्युत् आयोजनामा बाँध र विद्युत् गृह छुट्टाछुट्टै प्रवर्द्धकबाट निर्माण गर्नेगरी निजी क्षेत्रलाई लगानी गर्न आकर्षित गर्ने प्रावधान बजेटमा राखिएको छ । आगामी आवमा ९ सय मेगावाट विद्युत थप गरी राष्ट्रिय प्रणालीको विद्युत क्षमता ४ हजार ५ सय मेगावाट पुर्‍याउने, आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत निर्यात गर्ने व्यवस्था मिलाउने छ ।’

    सुक्खायामको माग पूर्ति गर्न बूढीगण्डकी, दूधकोशी र नलसिङ्गाड जलाशययुक्त जलविद्युत आयोजना तथा नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजनाको निर्माण कार्य शुरू गर्ने तयारी गरेको प्रधानमन्त्री प्रचण्डले बताए ।

    प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीमा गएका व्यक्तिको लगानीमा घुन्सा र सिम्बुवा जलविद्युत आयोजना निर्माण कार्य अगाडि बढाइने जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार