Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • अर्थमन्त्री पुन र एमसीसीका उपाध्यक्ष ब्रुक्सबीच भेटवार्ता

    अर्थमन्त्री पुन र एमसीसीका उपाध्यक्ष ब्रुक्सबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, २२ जेष्ठ २०८१
  • 522
    SHARES

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुन र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटेवार्ता भएको छ ।

    नेपाल भ्रमणमा रहेका उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले अर्थमन्त्री पुनलाई आज सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेको हो ।



    भेटमा मन्त्री पुनले एमसीसी परियोजनाको काम पूर्वनिर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए ।



    उनले आयोजना समयमै सम्पन्न गर्न मन्त्रालयका तर्फबाट गर्नुपर्ने काममा आवश्यक सहयोग र समन्वय हुने उल्लेख गरे ।

    एमसीसी परियोजना अन्तर्गतका आयोजनाको काम खण्ड–खण्डमा भइरहेकाले पनि आफू समयमै सकिनेमा विश्वस्त रहेको उनको भनाइ थियो ।

    उपाध्यक्ष ब्रुक्सले एमसीसी परियोजनाअन्तर्गत निर्माणाधीन विद्युत प्रसारण लाइन र सडक निर्माणमा भइरहेको प्रगतिबारे अवगत गराएका थिए ।

    उनले आयोजनाको हालसम्मको कार्यप्रगति सन्तोषजनक रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार