Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • हुरीले ढालेको रुखले लागेर एक जनाको मृत्यु

    हुरीले ढालेको रुखले लागेर एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २२ जेष्ठ २०८१
  • 558
    SHARES

    फाइल तस्विर

    नवलपरासी । नवलपरासीको मध्यविन्दु नगरपालिका– १२ मा हुरीले ढालेको रुखले टाउकोमा लाग्दा एक जनाको मृत्यु भएको छ ।

    ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएका स्थानीय ६९ वर्षीय चित्रबहादुर थापाको मृत्यु भएको हो।



    आज बिहानको हुरीले रुख ढालेको रुख बज्रदा थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)ले जनाएको छ ।



    वनमा उद्धार गर्न गएका सुरक्षाकर्मीले उनलाई मृतावस्थामा फेला पारेका हुन् ।

    थापाको शव परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार