Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • दैलेख केन्द्रबिन्दु भएर आज गयो भूकम्प

    दैलेख केन्द्रबिन्दु भएर आज गयो भूकम्प

    अनलाइन नेपाल
  • मंगलबार, २२ जेष्ठ २०८१
  • 639
    SHARES

    दैलेख। दैलेख केन्द्रबिन्दु भएर आज बिहान ४.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार बिहान १०:३४ मा भूकम्प गएको हो ।



    हिजो राति पनि लमजुङ जिल्लाको ताँजेगाउँ केन्द्रबिन्दु भएर सोमबार राति ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।



    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सोमबार साँझ ८ बजेर ३८ मिनेटमा भूकम्प महसुस गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार