काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले विश्वकप खेल्नका लागि आफूहरू उत्साहित रहेको बताएका छन् ।
नेदरल्यान्ड्ससँगको खेलबारे प्रिम्याच कन्फ्रेन्सका क्रममा कुरा गर्दै पौडेलले यस्तो बताएका हुन् । कप्तान पौडेलले नेदरल्यान्ड्स र नेपालबीचको खेलमा दबाब सहनसक्ने टोलीले नै गेम जित्ने बताए।
कप्तान पौडेलले भने, ‘हामीसबै जना उत्साहित छौँ । यो इभेन्ट एकदमै महत्वपूर्ण छ । १० वर्षपछि हामी विश्वकप खेल्दैछौं । नेपाल क्रिकेटको लागि यो महत्वपूर्ण कुरा हो । हाम्रो यो सपना थियो । हामीले त्यो अवसर पाइरहेका छौँ । २० वटा टीम छन् । सबै टीम ब्यालेन्स र प्रतिस्पर्धी हुनुहुन्छ । नेदरल्यान्ड्स्ससँग धेरै खेल खेलेका पनि छौँ । जसले प्रेसर ह्याण्डिल गर्दछ त्यही टीमले जित्छ । हामी बेस्ट दिनेछौँ । ’
१० वर्षपछि नेपालले टी २० विश्वकप खेल्न लागिरहेको भन्दै पौडेलले सबैभन्दा राम्रो प्रदर्शन गर्ने आत्मविश्वास व्यक्त गरे ।
पहिलो खेल जित्नु महत्वपूर्ण हुने भन्दै रोहितले जितका लागि आफूहरू खेल्ने बताएका छन् ।
Leave a Reply