Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • लालीगुराँस बहुउद्देश्यीय सहकारी घोटाला : सीईओ भण्डारीसहित ११ जनाविरुद्ध पक्राउ पुर्जी

    लालीगुराँस बहुउद्देश्यीय सहकारी घोटाला : सीईओ भण्डारीसहित ११ जनाविरुद्ध पक्राउ पुर्जी

    अनलाइन नेपाल
  • मंगलबार, २२ जेष्ठ २०८१
  • 1.3K
    SHARES

    काठमाडौं । ललितपुरको पुल्चोकस्थितस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबाट किर्ते हस्ताक्षर गरि एक करोड ६९ लाख रुपैयाँ रकम निकालेर अपचलन गरेको आरोपमा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीसहित सबै उच्च अधिकारीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

    श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीको चुचेपाटीस्थित शाखाबाट पीडित दावा डोमा शेर्पाको जाहेरीको आधारमा जिल्ला अदालत काठमाडौंले उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।



    पक्राउ पुर्जी जारी हुनेहरुमा संस्थाका प्रमुख कार्यकारी अधिकृत भण्डारी, अध्यक्ष अमरदास श्रेष्ठ, उपाध्यक्ष हजुरी विष्ट, उपाध्यक्ष अमृत कुमार अर्याल, सदस्यहरु कमद बाबा जोशी, सदस्य भोला कुमार श्रेष्ठ, सदस्य आर्या सिंह भण्डारी, लेखा संयोजक पुण्य प्रसाद पोखरेल, सदस्य विद्यादेवि पाण्डे र तिमिला रंजित रहेका छन् ।



    सहकारीका व्यवस्थापक धुर्व पाखरेल भने यसअघि नै पक्राउ परिसकेका छन् । अन्य सबै पदाधिकारीलाई फरार सुचीमा छन् । प्रहरी अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरेको थियो । सरकारी वकिल कार्यालयले भण्डारीसहितका अधिकारीलाई फरार सुचीमै राखेर जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र पेश गरेको छ ।

    सबै किर्ते गर्ने कार्यमा सहकारीका प्रमुख कार्यकारी निर्देशक भण्डारीको हात रहेको आरोप । सहकारीका प्रमुख कार्यकारी निर्देशक भण्डारीले मनोमानी रुपमा करोडौँ रकम अपचलन गर्ने गरेको पाइएको छ । सर्वसाधारणलाई १८ देखि २० प्रतिशतसम्म ब्याज असुली गर्दै आएको उक्त सहकारीले आफ्नै प्रमुख कार्यकारी निर्देशकलाई भने ३ प्रतिशत ब्याजमा ऋण दिएर करोडौँ घोटाला गरेको खुलेको थियो ।

    कार्यकारी निर्देशक भण्डारीले ऋणीको सम्पत्ति हत्याउन २१ प्रतिशतसम्म ब्याज र १५ प्रतिशत पेनाल्टी लगाएर मिटरब्याज शैलीमा असुली गर्दै आएका थिए । भण्डारीले २०७२ चैत २९ गते श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीबाट तीन प्रतिशत ब्याजमा एक करोड ८५ लाख रुपैयाँ ऋण निकालेका छन् ।

    यस्तै भण्डारीले श्री लालीगुराँस सहकारीबाटै सन् २०१७ जुलाई २० मा १० लाख रुपैयाँ निकालेको अर्को स्टेटमेन्टमा देखिन्छ । २०७४ पुस ४ गते श्री लालीगुराँस सहकारीबाट भण्डारीले तीन करोड ५० लाख रुपैयाँ ऋण निकालेको देखिन्छ ।

    तर, उक्त ऋण पनि घरजग्गा दलालीकै लागि निकालेको स्टेटमेन्टमै देखिन्छ । आर्थिक दैनिकले फेला पारेको कागजातअनुसार उक्त उनले ल्यान्ड पर्चेजको लागि भन्दै १२ प्रतिशतमा उक्त ऋण हत्याएका हुन् ।

    गोरखा जिल्लाको साविक थालजुङ गाविस १ घर भएका भण्डारी सामान्य परिवारबाट काठमाडौं आएका थिए । कुनै समय उनी काठमाडौंको मम पसलमा काम गर्थे । तर श्री लालीगुराँस सहकारीमा हात हालेपछि उनले अर्बौंको सम्पत्ति जोडेका छन् ।

    लालीगुराँस सहकारीकै रकम हिनामिना गर्न भण्डारीले ‘लालीगुराँस’ ब्रान्डको विभिन्न कम्पनी खडा गरेका छन् । जय लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ कम्पनी प्रालिमार्फत उनले घरजग्गाको धन्दा चलाउँदै आएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार