Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    अनलाइन नेपाल
  • मंगलबार, २२ जेष्ठ २०८१
  • 381
    SHARES

    काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो ।

    आजको बैठकमा आर्थिक वर्ष २०८१–०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने छ । अर्थमन्त्री वर्षमान पुनले यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गरेका थिए ।



    यस्तै, आजको बैठकमा सभामुख देवराज घिमिरेले संविधानसभा सदस्य तथा पूर्वमन्त्री सूर्यमान गुरुङ, प्रतिनिधिसभाका पूर्व सदस्य शैयद मेहराज अहमद शाह र राष्ट्रियसभाका पूर्वसदस्य खगेन्द्रराज रेग्मीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।



    गुरुङ २०६४ सालको संविधानसभामा नेपाली कांग्रेसका तर्फबाट ताप्लेजुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए भने २०७० सालमा संविधानसभा सदस्यमा समानुपातिक सांसद दिए । गुरुङको २०८१ साल वैशाख २५ गते निधन भएको थियो ।

    यस्तै, शाह २०४८ सालमा कांग्रेसकातर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँके–१ बाट निर्वाचित भएका थिए । उनको २०८१ साल वैशाख २५ गते निधन भएको थियो ।

    यसैगरी, रेग्मी २०५८ सालमा कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । उनको २०८१ साल जेठ १ गते निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार