Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • लोकतन्त्रले थिचोमिचो स्वीकार्दैन : पूर्वराष्ट्रपति यादव

    लोकतन्त्रले थिचोमिचो स्वीकार्दैन : पूर्वराष्ट्रपति यादव

    अनलाइन नेपाल
  • सोमबार, २१ जेष्ठ २०८१
  • 738
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले लोकतान्त्रिक गणतन्त्रको उपलब्धि बहुआयामिक रहेको बताएका छन् ।

    गणतन्त्र दिवस, २०८१ का अवसरमा तस्वीर प्रदर्शनीको आज अवलोकनपछि प्रतिक्रिया दिँदै पूर्वराष्ट्रपति डा. यादवले संसारमा भएका शासन प्रणालीमध्ये सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नै सबैभन्दा उत्कृष्ट रहेको बताए ।



    जनताको आन्दोलनको उपलब्धिका रुपमा रहेको गणतन्त्रलाई संस्थागत गर्ने कार्य जिम्मेवारीका साथ अघि बढिरहेको उल्लेख गर्दै उनले यस व्यवस्थालाई बलियो तुल्याउन खम्बाका रुपमा राजनीतिक दलले सहमति, समन्वय र सुझाबुझपूर्णरुपमा काम गर्नुपर्नेमा जोड दिए ।



    गणतन्त्र प्राप्तिपछि मुलुकका विभिन्न क्षेत्रमा सुरुङमार्गलगायत विकास निर्माणले तीव्रता पाएको उल्लेख गर्दै पूर्वराष्ट्रपति डा यादवले भौतिक विकाससँगै नवीनतम प्रविधिको विकासले देश र संसारलाई जोडिरहेको बताए।

    उनले भने, “गणतन्त्रपछि शिक्षा र स्वास्थ्यका क्षेत्रमा विस्तार भएको छ । तर पनि गुणस्तरीय शिक्षामा भने हामीले जोड दिनुपर्नेछ । जनप्रतिनिधिको ध्यान त्यसमा हुनुपर्छ।”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार