Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • चित्रबहादुर केसी भन्छन् – वैदेशिक ऋण लिएर संघीयता धान्न सकिदैँन

    चित्रबहादुर केसी भन्छन् – वैदेशिक ऋण लिएर संघीयता धान्न सकिदैँन

    अनलाइन नेपाल
  • सोमबार, २१ जेष्ठ २०८१
  • 447
    SHARES

    काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले ऋण लिएर संघीयता धान्न नसकिने बताएका छन् ।

    प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथिको छलफलमा भाग लिँदै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।



    केसीले ऋण लिएर संघीयता धान्ने कुरा गलत भएको बताए । उनले साधारण खर्चको बोझ घटाउन संघीयता खारेज गर्नुपर्ने बताए ।



    अध्यक्ष केसीले भने,‘साधारण तर्फको बढ्दो बजेट भोलुमको मुख्य कारण संघीयता हो । संघीयताका कारणले साधारणतर्फको खर्च बढेको छ ।वैदेशिक ऋण लिएर संघीय संरचना धान्ने कुरा गलत भएकाले संघीय संरचना हटाउन पर्छ ।’

    सांसद केसीले उत्पादन र उत्पादकत्वमा वृद्धिमा सरकारले बजेटको व्यवस्था गर्न नसकेको पनि बताए ।संघीयताका कारण चालु खर्च बढेर देशले धान्न नसक्ने अवस्था सृजना भएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार