Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • पाकिस्तानी विमान कम्पनीहरूमाथि ईयूको प्रतिबन्ध कायमै

    पाकिस्तानी विमान कम्पनीहरूमाथि ईयूको प्रतिबन्ध कायमै

    अनलाइन नेपाल
  • सोमबार, २१ जेष्ठ २०८१
  • 324
    SHARES

    एजेन्सी । युरोपेली सङ्घ (ईयू)ले पाकिस्तान इन्टरनेसनल एयरलाइन्सलगायत पाकिस्तानी हवाई कम्पनीहरूमाथिको प्रतिबन्ध कायमै राखेको छ ।

    बैठकपछि ईयूले सङ्घभित्र सञ्चालन हुने प्रतिबन्धित विमान कम्पनीहरूको विद्यमान सूची संशोधन गर्न कुनै बाध्यकारी कारण फेला नपारेकोले अझै पाकिस्तानी विमान कम्पनीमाथिको प्रतिबन्ध कायम राखिएको जनाएको छ ।



    यो फैसला पाकिस्तान नागरिक उड्डयन प्राधिकरणको स्थल मूल्याङ्कन र पाकिस्तानी विमान कम्पनी फ्लाई जिन्ना र एयरब्लू लिमिटेडको नमूना मूल्याङ्न प्रस्तुत गर्दै ईयू एयर सेफ्टी कमिटीले गरेको विस्तृत मूल्याङ्कनपछि आएको हो ।



    सन् २०२३ नोभेम्बर २७–३० को बिचमा आयोजित स्थलगत मूल्याङ्कनको सुरक्षा सुनिश्चित गर्न पिसिएएको निरीक्षण भूमिका र जिम्मेवारीहरूको जाँच गरिएको थियो ।

    ईयूको हवाई सुरक्षा समितिले पाकिस्तानको सुरक्षा अवस्थाको निरन्तर निगरानीको आवश्यकतालाई जोड दिएको छ ।

    हाल, ईयूले पाकिस्तानी हवाई वाहकमा प्रतिबन्ध कायम राखेको छ, साथै सदस्य राष्ट्रहरूलाई अनुपालन प्रमाणित गर्न निरीक्षण गर्न आग्रह गरेको छ ।

    आयोगले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डहरू कायम राख्ने सर्वोच्च महत्त्वलाई जोड दिँदै आसन्न सुरक्षा जोखिमहरूको कुनै पनि सङ्केतले थप कारबाही गर्न सक्ने चेतावनी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार