Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

    गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २१ जेष्ठ २०८१
  • 348
    SHARES

    फाइल तस्विर

    गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा परेर सत्यवती गाउँपालिका वडा नम्बर ८ भार्से निवासी ३२ वर्षकी कमला बुढाथोकीको मृत्यु भएको हो ।



    सोमबार बिहान कालिगण्डकी गाउँपालिका ४ ओक्याङमा चन्द्रकोटबाट पुर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको जिप दुर्घटना भएको थियो ।



    जिपमा ८ जना सवार थिए । त्यस्तै दुर्घटनामा परेर ७ जना घाइते भएका छन् ।

    घाइते ७ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    घाइते सबैलाई थप उपचारको लागि पाल्पा पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार