काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ ।
आइतबार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ।
आइतबार प्रतितोला १८ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १८ सय ३५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो।
Leave a Reply