एजेन्सी । फ्रान्सका स्टार स्ट्राइकर केलियन एम्बाप्पेले रियल मड्रिडसँग ‘फ्री ट्रान्सफरमा’ सम्झौता गरेका छन् ।
३० जुनमा पिएसजीसँगको सम्झौता सकिएपछि १ जुलाईबाट खुल्ने ट्रान्सफर विन्डोमा उनी औपचारिक रूपमा क्लबमा अनुबन्ध हुनेछन् ।
एम्बाप्पेले क्लबसँग गत फेब्रुअरीमा नै अनुबन्ध हुने मौखिक सम्झौता गरेका थिए। उनले गत मेमा भने औपचारिक रूपमा सिजनको अन्तसँगै पिएसजी छोड्ने घोषणा गरेका थिए ।
२५ वर्षीय एमबाप्पे अब लालिगाको ट्रान्सफर विन्डो खुलेसँगै मड्रिड आउनेछन् ।
Leave a Reply