Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • विश्वकप छनोटका लागि नेपाली फुटबल टिमको घोषणा

    विश्वकप छनोटका लागि नेपाली फुटबल टिमको घोषणा

    अनलाइन नेपाल
  • आइतबार, २० जेष्ठ २०८१
  • 870
    SHARES

    काठमाडौं । फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले आइबार २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् ।

    विश्वकप छनोटको दोस्रो चरणको समूह ुएचुमा रहेको नेपालले अन्तिम दुई खेल खेल्न बाँकी छ । नेपालले अब जुन ६ मा युनाइटेड अरब इमिरेट्स (यूएई) र जुन ११ मा यमनविरुद्ध खेल्नेछ । यी दुवै खेल साउदी अरेबियामा हुनेछन् ।



    यस्तो छ नेपाली टिम :



    अभिषेक बराल (गोलकिपर), किरणकुमार लिम्बू (गोलकिपर), विशाल सुनार (गोलकिपर), अभिषेक लिम्बू, अनन्त तामाङ, भरत खवास, विमल पाण्डे, छिरिङ लामा, विशाल बस्नेत, जिलेश्पीजंग कार्की, हिसुब थपलिया, लाकेन लिम्बु, मणीकुमार लामा, मनिष डांगी, सुमित श्रेष्ठ, रोहित चन्द, सनिस श्रेष्ठ, सञ्जिव बिष्ट, सौभाग्य राई, आयुश घलान, वसन्त जिम्बा, आशिष बाबु चौधरी, आशिष राई ।

    यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप छनोट दोस्रो चरण खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरेको छ ।

    आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच एन्फा पदाधिकारीले नेपालको झण्डा हस्तान्तरण गरेर विश्वकप छनोट दोस्रो चरण अन्तर्गत युएई र यमनसँग हुने खेल खेल्नका लागि साउदी अरब जान लागेको टोलीको बिदाइ गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार