काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन गर्ने बताएका छन् ।
पार्टी प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले यस्तो बताएका हुन् । नेता खनालले आगामी असारमा हुने महाधिवेशनले सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने प्रयासस्वरुप छलफलहरू भइरहेको बताए ।
नेता खनालले भने,’महाधिवेशनले दस्ताबेजहरु पास गर्नुका साथै सकेसम्म अन्तिम प्रयत्न गरेर सहमतिपूर्ण नेतृत्व निर्माण गर्छौं।’
नेता खनालले १० औं महाधिवेशनले नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दिने दाबी समेत गरे ।
एकीकृत समाजवादीको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदैछ ।
महाधिवेशनमा चारवटा दस्ताबेजहरू पेश गरेर पारित गर्नुका साथै नयाँ नेतृत्व समेत चयन हुँदैछ ।
Leave a Reply