काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथिको प्रारम्भिक छलफलमा बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहेका महतले यस्तो बताएका हुन्।
उनले आवश्यकको आधारमा बजेट विनियोजन नगरेर सरकारले आफू खुशी अघि बढ्ने बाटो लिएको समेत बताए ।
प्रवक्ता महतले देशभर पानीको अभाव भइरहेका बेला सरकारले खानेपानीको क्षेत्रमा बजेट कटौती गर्ने काम गरेको भन्दै आपत्ति जनाए ।
अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बजेट थुपारेर सरकारले गलत बाटो लिएको प्रवक्ता महतले दाबी गरे ।
प्रवक्ता महतले आन्तरिक ऋणको भरमा बजेटको आकार बढाउने काम गरेको आरोप लगाए ।
Leave a Reply