काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगहरुलाई कारबाही नगरेमा लोकतन्त्रको कुनै औचित्य नभएको बताएका छन्।
प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।
अध्यक्ष केसीले सहकारी ठगहरुलाई जोगाएमा गणतन्त्र र लोकतन्त्रको कुनै औचित्य नभएको बताए।
छानबिनका लागि बनाएको संसदीय समितिले पनि दोषीलाई उम्काउने देखिएको भन्दै ‘दूधको दूध, ‘पानीको पानी,’ हुनेगरी छानबिन गर्नुपर्ने अध्यक्ष केसीको भनाइ छ ।
राज्यसत्ताको निर्णायक तहमा बसेको व्यक्तिले नै संसद्को रोस्ट्रमबाट बोलेर अरुलाई दोषि देखाएर आफ्नो कर्तुत जोगाउन लागेको उनले बताए ।
Leave a Reply