Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • कांग्रेस महामन्त्री थापाले भने – संसदीय समितिले रवि होस् कि छवि होस् सबैसँग बयान लिन्छ

    कांग्रेस महामन्त्री थापाले भने – संसदीय समितिले रवि होस् कि छवि होस् सबैसँग बयान लिन्छ

    अनलाइन नेपाल
  • आइतबार, २० जेष्ठ २०८१
  • 438
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय समितिले गृहमन्त्री रवि लामिछानेसँग बयान लिने बताएका छन् ।

    प्रतिनिधि सभाको विशेष समयमा महामन्त्री थापाले यस्तो बताएका हुन् । महामन्त्री थापाले गृहमन्त्री लामिछानेसँगै संसद्लाई ढाँट्ने महान्यायाधिवक्तालाई पनि बोलाउनेमा आफूहरू ढुक्क रहेको बताए ।



    महामन्त्री थापाले संसदीय छानबिन समितिले गोरखा मिडिया नेटवर्कमा गएको रकम सम्बन्धमा सहकारी र मिडियाको फाइल पल्टाउने बताए।



    महामन्त्री थापाले भने,‘सूर्य दर्शनलगायतका सहकारीहरू जसबाट गोर्खा मिडियामा रकम गएको छ । त्यो रकम एक रुपैयाँ गएको पनि गैरकानूनी हो । यो समितिले गोरखा मिडियाको खाता पल्टाउँछ । खाता मात्रै पल्टाउदैन । त्यो गोरखा मिडिया सञ्चालन गर्ने त्यसका मालिक जीबी होस् कि, छवि होस् कि, रवि होस् कि कवि होस्, उसलाई पनि बोलाउँछ । छानबिन गर्छ । बयान लिन्छ ।’

    गृहमन्त्री लामिछाने समेत संलग्न रहेको भनिएको सहकारी ठगीबारे छानबिन गर्न नेकपा एमालेका सांसद सूर्य थापाको संयोजकत्वमा संसदीय छानबिन समिति गठन भइसकेको छ ।

    समितिले सदनलाई ढाँट्ने महान्यायाधिवक्तालाई पनि बोलाउनेमा आफूहरू ढुक्क रहेको महामन्त्री थापाले बताए ।

    यसअघि महान्यायाधिवक्ता दिनमणि पोखरेलले सहकारी ठगीमा गृहमन्त्रीको संलग्नताको प्रमाण नभेटिएको भन्दै सफाइ पत्र दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार