काठमाडौं । स्रोत नखुलेको ७२ लाख नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भोजपुर पौवा डुग्मा गाउँपालिका घर भई न्युरोड बस्ने ५० वर्षीय भिमसेन विश्वकर्मा र १९ वर्षीय खेमराज विश्वकर्मा रहेका छन् ।
उनीहरुलाई काठमाडौं महानगरपालिका-९ स्थित लुम्बिनी खाजा घर तथा गेष्ट हाउसबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
हुण्डी कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो। उनीहरूबाट प्रहरीले ७२ लाख स्रोत नखुलेको रकम बरामद गरेको हो।
Leave a Reply