Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • रास्वपा सांसद झाले – हामी भुटानी शरणार्थी, गिरिबन्धु र टेरामक्सको फाइल खोल्न चाहन्छौं

    रास्वपा सांसद झाले – हामी भुटानी शरणार्थी, गिरिबन्धु र टेरामक्सको फाइल खोल्न चाहन्छौं

    अनलाइन नेपाल
  • आइतबार, २० जेष्ठ २०८१
  • 645
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मनिष झाले बालमन्दिरको जग्गा दुरुपयोग, बाँसबारीको जग्गा र टीकापुर जग्गा प्रकरणलगायतका अनियमितताका फाइल पनि खोल्नुपर्ने बताएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा पार्टीका तर्फबाट बोल्दै रास्वपाका सहप्रवक्ता समेत रहेका सांसद झाले यस्तो बताएका हुन् ।



    सांसद झाले गिरिबन्धु टीइस्टेटलगायत सार्वजनिक भएका अनियमितता तथा भ्रष्टाचारका फाइल खोल्नुपर्ने बताए ।



    सांसद झाले भने,‘बालमन्दिरको जग्गा, बाँसबारी जग्गा, टीकापुरको जग्गा, भुटानी शरणार्थी, गिरिबन्धु र टेरामक्स यो सबैको फाइल हामी खोल्न चाहन्छौं।’

    विगतमा यी विषयमा किन फाइल खोलिएन भनेर खोजी गर्दा फाइल नै नबनेको पाइएको सांसद झाले दाबी गरे ।

    आफूहरु राजनीतिमा केही गर्न आएको दाबी गर्दै सांसद झाले रास्वपाले नै सबै बिगारेको रुपमा नलिन आग्रह गरे ।

    विगतमा राजनीतिक दलहरुले परिवर्तनका लागि खेलेको भूमिकाको आफूहरुले सधैं प्रसंसा गर्ने तर, राजनीतिक परिवर्तनमा कपिराइट र क्रेडिट एकै पक्ष वा दलसँग नहुने सांसद झाको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार