काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले जलवायु परिवर्तनको असर र प्रभावहरूको बारेमा संसदभित्र छलफल गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद सापकोटाले यस्तो बताएका हुन् । सांसद सापकोटाले जलवायु परिवर्तनको क्षेत्रमा रहेका असर र प्रभावहरूका सम्बन्धमा संसदमा छलफल हुनुपर्ने बताए ।
सांसद सापकोटाले यसको सम्बन्धमा संसदको भूमिका के रहने भन्नेमा पनि निष्कर्ष निकालेर अघि बढ्नुपर्ने बताए ।
उनले जलवायु परिवर्तनको असर, प्रभाव र त्यसको न्यूनीकरणको सम्बन्धमा संसदले पनि आफ्नो भूमिकालाई प्रभावकारी ढंगले सम्पादन गर्नुपर्ने बताए ।
सांसद सापकोटाले ०७८ साल असार १ गते मेलम्चीमा आएको लेदोसहितको बाढीका कारण स्थानीयले पाउनुपर्ने क्षतिपूर्ति र राहत आजसम्म नपाएको भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराए ।
उनले आउँदै गरेको वर्षात्का जोखिमहरू र त्यसका पूर्वतयारीका सम्बन्धमा पनि सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।
Leave a Reply