काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले टी–२० मा जसले जसलाई हराउन सक्ने भएकाले नेपाल पनि टेस्ट राष्ट्रलाई स्तब्ध पार्न सक्षम रहेको बताएका छन् ।
टी–२० विश्वकपअघिको अभ्यास खेलका क्रममा शनिबार अमेरिकामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन ।
उनले टोलीका दुईजना मात्र खेलाडी चलेमात्र पनि टी–२० मा खेल जित्न सकिने बताए ।
कप्तान रोहितले आफूहरू विश्वकपका लागि उत्साहित रहेको बताउँदै अमेरिकामा धेरै नेपाली दर्शकको माया पाउने आशा व्यक्त गरे ।
जुन २ (आइतबार)बाट अमेरिका र वेस्ट इन्डिजमा टी–२० विश्वकप शुरू हुँदैछ ।
Leave a Reply