Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • जुवातास खेलिरहेको अवस्थामा नौजना समातिए

    जुवातास खेलिरहेको अवस्थामा नौजना समातिए

    अनलाइन नेपाल
  • शनिबार, १९ जेष्ठ २०८१
  • 558
    SHARES

    फाइल फोटो

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नौजनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा साँगाचोकगढी नगरपालिका–५, धाउचेतका दावा तामाङलगायत व्यक्ति छन् ।



    दावाको घरमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार साँझ उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।



    उनीहरूका साथबाट प्रहरीले नगद २० हजार ३८० रुपैयाँ र तीन बुक तास बरामद गरेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार