Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ : मन्त्री चौधरी

    अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ : मन्त्री चौधरी

    अनलाइन नेपाल
  • शनिबार, १९ जेष्ठ २०८१
  • 1K
    SHARES

    फाइल तस्विर

    भक्तपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सरकार छोराछोरीको कमाइको १० प्रतिशत रकम बाबुआमालाई दिनुपर्ने नीति ल्याउने तयारीमा रहेको बताएकी छन् ।

    शनिबार भक्तपुरमा सामुदायिक विकास तथा सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र गठ्ठाघरको २०औँ स्थापना दिवस एवं सामुदायिक दर्पण लोकार्पण कार्यक्रममा उनले ज्येष्ठ नागरिक ऐन, ज्येष्ठ नागरिक नियमावलीको संशोधन पारित भएसँगै यस्तो नीति कार्यान्वयनमा आउने उल्लेख गरिन् ।



    आफ्नो आमाबाबुको सुरक्षा र संरक्षण हरेक छोराछोरीको दायित्व रहेको उनले बताइन् ।



    तर, आमाबाबु आफ्नै घरबाट अपहेलनामा परिरहेको र ऐन पारित भएसँगै कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्ने व्यवस्था कार्यान्वयनमा आउने उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार