Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • अब देशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्छ :स्वर्णिम वाग्ले

    अब देशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्छ :स्वर्णिम वाग्ले

    अनलाइन नेपाल
  • शनिबार, १९ जेष्ठ २०८१
  • 450
    SHARES

    तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले युवा रोजगारीका लागि विदेशिने क्रम रोक्न स्थानीयस्तरमा अवसर सिर्जना गर्नुपर्ने बताएका छन् ।

    तनहुँको दमौलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति वाग्लेले यस्तो बताएका हुन् ।



    उपसभापति वाग्लेले सरकारले प्राथमिकता साथ स्वरोजगार तथा सीपमूलक तालिकको व्यवस्था गर्दै अवसर सिर्जना गरी युवा विदेशपलायन हुने दर न्यूनीकरण गर्नुपर्नेमा जोड दिए ।



    वर्षात्मा पृथ्वी राजमार्गमा यात्रा गर्दा सास्ती हुने गुनासो आएपछि वर्षा अगावै सडक विस्तारको काम द्रूत गतिमा गराइने उपसभापति वाग्लेले बताए ।

    विगतमा भन्दा आर्थिक वर्ष २०८१/८२ मा बजेटले तनहुँलाई उल्लेखनीय रुपमा सम्बोधन गरेको उनको दाबी छ ।

    अहिलेको मुख्य एजेण्डा विपद् व्यव्स्थापन भएको भन्दै सांसद वाग्लेले स्थानीय तह तथा सरोकार भएका सबै एकजुट भएर विपद् व्यवस्थापनमा लाग्नुपर्नेमा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार