Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • गर्मी बढेपछि नेपालगञ्जका विद्यालयमा बिदा बढाइयो

    गर्मी बढेपछि नेपालगञ्जका विद्यालयमा बिदा बढाइयो

    अनलाइन नेपाल
  • शनिबार, १९ जेष्ठ २०८१
  • 360
    SHARES

    फाइल तस्विर

    नेपालगञ्ज । अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले गर्मी बिदा बढाएको छ ।

    उपमहानगरपालिकाले आगामी असार ७ गतेसम्म विद्यालयमा गर्मी बिदा दिएको हो ।



    अत्यधिक गर्मी र ‘लु’ले पठनपाठनमा समस्या भएपछि उपमहानगरपालिकाले यही जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिने निर्णय छ ।



    यसअघि नेपालगञ्ज उपमहानगरपालिकाले यही जेठ १५ देखि १८ गतेसम्म गर्मी बिदा दिएको थियो ।

    उपमहानगरपालिकाको शिक्षा महाशाखाको क्यालेन्डरमा भने यस वर्ष जेठ २७ देखि असार १४ गतेसम्म गर्मी बिदा दिने उल्लेख छ ।

    नेपालगञ्ज उपमहानगरपालिका भित्रका विद्यालयमा असार ९ गतेदेखि पठनपाठन हुने बताइएको छ ।

    केही दिन अघि नेपालगञ्जको अधिकतम तापक्रम ४४ दशमलव २ डिग्री सेल्सियससम्म मापन भएको थियो ।

    गर्मीका कारण यहाँको जनजीवन कष्टकर बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार