Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • लागुऔषधसहित पाँचजना पक्राउ

    लागुऔषधसहित पाँचजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १८ जेष्ठ २०८१
  • 477
    SHARES

    कैलाली । अत्तरियाको एक होटलबाट लागुऔषध (खैरो हिरोइन) सहित पाँचजना युवक पक्राउ परेका छन् ।

    शुक्रवार गोदावरी नगरपालिका–२ बसपार्क रोडस्थित डोटी बैतडी होटलको कोठामा लागुऔषध सेवन गरिरहेको अवस्थामा ५ जना युवक पक्राउ परेका हुन् ।



    पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२ अत्तरियाका ३७ वर्षीय विशाल सिंह कठायत, ३० वर्षीय प्रमोद पनेरु, २१ वर्षीय हिक्मत बाग रहेका छन् ।



    यस्तै, गोदावरी–३ का २७ वर्षीय सन्तोष रावल र बैतडीको पाटन नगरपालिका–७ का ३० वर्षीय भरतप्रसाद भट्ट रहेका छन् ।

    उनीहरुलाई इलाका प्रहरी कार्यालय मालाखेती र लागुऔषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।

    उनीहरुको साथबाट ९४० मिलिग्राम लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार