Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • सव-इन्जिनियरद्वय भट्टराई र अर्याल घुससहित रंगेहात पक्राउ

    सव-इन्जिनियरद्वय भट्टराई र अर्याल घुससहित रंगेहात पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १८ जेष्ठ २०८१
  • 1.1K
    SHARES

    काठमाडौं । पर्यटन विकास आयोजना इकाई कार्यालय काठमाडौंका दुईजना सव-इन्जिनियर घुस रकमसहित पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई घुससहित शुक्रबार रंगेहात पक्राउ गरेको हो । पक्राउ पर्नेमा सव-इन्जिनियरद्वय राजन कुमार भट्टराई र संजय अर्याल रहेका छन् ।



    उनीलाई काठमाडौंको नयाँ बानेश्वरस्थित कार्यकक्षबाटै पक्राउ गरिएको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए । उनीहरूले सेवाग्राहीसँग १७ हजार घुस लिएपछि अख्तियारको टोलीले पक्राउ गरेको उनले बताए ।



    मन्दिर निर्माणको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिन भन्दै उनीहरूले घुस लिएका थिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार