Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • पर्साबाट झण्डै दुई करोड मूल्य बराबरको औषधि बरामद

    पर्साबाट झण्डै दुई करोड मूल्य बराबरको औषधि बरामद

    अनलाइन नेपाल
  • शुक्रबार, १८ जेष्ठ २०८१
  • 456
    SHARES

    पर्सा । पर्सा प्रहरीले ठुलो परिणाममा भन्सार छलीका औषधी बरामद गरेको छ ।

    प्रहरीले करिब २ करोड मूल्य बराबरको भन्सार छलीका औषधी बरामद गरेको हो ।



    विशेष सूचनाको आधारमा प्रहरीले चलाइएको जाँचबाट उक्त औषधीसहित ट्रक बरामद भएको प्रहरीले जनाएको छ ।



    प्रहरीले भन्सार छलीका १ करोड ८५ लाख मूल्य बराबरको औषधी बरामद गरेको जिल्ला प्हरी कार्यालय पर्साले जनाएको छ ।

    जिल्लाको परवानीपुरमा रहेको प्रहरीको चौकीले चलाएको छड्के जाँचका क्रममा बिलबिजक भन्दा बढीको औषधी बरामद भएको हो ।

    बीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश–०२–०३–००१ ख ६५५७ नम्बरको ट्रकबाट बिलबिजक भन्दा बढीको औषधी बरामद गरिएको प्रहरीले जनाएको छ ।

    औषधीसहित बरामद ट्रकलाई थप अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार