Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • गोसाइकुण्डमा लेक लागेर एक पथ प्रदर्शकको मृत्यु

    गोसाइकुण्डमा लेक लागेर एक पथ प्रदर्शकको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १८ जेष्ठ २०८१
  • 294
    SHARES

    फाइल तस्विर

    रसुवा । गोसाइकुण्डमा लेक लागेर पथ प्रदर्शकको मृत्यु भएको छ ।

    गोसाइकुण्ड गाउँपालिका–४ को लाङसिसा खर्कमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–६ का २४ वर्षीय पर्यटक गाइड विजय तामाङको लेक लागेर मृत्यु भएको हो।



    नयाँ पर्यटकीय रुटको खोजीमा तीलमण्ड पास जाने क्रममा लाङसिसाको माथि झण्डै ५ हजार ८ सय मिटरमाथि पुगेर फर्केका थिए।



    उनलाई लाङसिसाखर्क झर्ने क्रममा समस्या भएको थियो। तामाङको लेक लागेर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

    शव परीक्षणको लागि शुक्रबार हेलिकोप्टरमार्फत त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज फेरेन्सिक मेडिसिन विभागमा पठाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार