Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • यौन क्रियाकलापमा लगाइएका तीन जनाको उद्धार

    यौन क्रियाकलापमा लगाइएका तीन जनाको उद्धार

    अनलाइन नेपाल
  • बिहिबार, १७ जेष्ठ २०८१
  • 1.3K
    SHARES

    चितवन । भरतपुर महानगरपालिका-७ बाट यौन क्रियाकलापमा लगाइएका दुई नाबालिकासँगै तीन जनाको उद्धार गरिएको छ ।

    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल गेट अगाडि सञ्चालनमा रहेको ‘न्यू फेमिली होटल एण्ड लज’बाट उनीहरुको उद्धार गरिएको हो ।



    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार उद्धार गरिएका महिलालाई संरक्षण केन्द्रमा राखिएको छ । उद्धार गरिएका दुई नाबालिका १५ वर्षका छन् भने एक महिला ३० वर्षकी छन् ।



    रोजगारी लगाइदिने भन्दै उनीहरुलाई यौनजन्य क्रियाकलापमा संलग्न गराइएको आरोपमा प्रहरीले होटल सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको छ ।

    होटल सञ्चालक अप्सरा ढकाल र समन्वयकर्ता कुमारी गुरुङलाई पक्राउ गरिएको उनले जानकारी दिए । अर्का एक जना फरार रहेको प्रहरीले जनाएको छ ।

    ढकाललाई चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । पक्राउ परेकालाई मानव बेचविखनविरुद्धको मुद्दा दर्ता गरिएको प्रनाउ रिजालले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार