Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • बालिका बलात्कारीलाई आठ वर्ष कैद

    बालिका बलात्कारीलाई आठ वर्ष कैद

    अनलाइन नेपाल
  • बिहिबार, १७ जेष्ठ २०८१
  • 888
    SHARES

    फाइल तस्विर

    सप्तरी । सप्तरी जिल्ला अदालतले १५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा राजविराज नगरपालिका-१ पडरियाका १७ वर्षीय किशोरलाई आज आठ वर्षको कैद सजाय सुनाएको छ ।

    सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलाशले रु ५० हजार क्षतिपूर्ति, रु ३६ हजार तीन सय ३३ जरिवानाको फैसला गरेको छ ।



    विद्यालय पढ्न गएकी बालिका ९परिवर्तित नाम (१६५) लाई विभिन्न प्रलोभन देखाइ ती किशोरले विसं २०७९ कात्तिक २ गते राजविराजस्थित राजदेबीहोटलमा लगेर बलात्कार गरेका थिए ।



    पीडितकी आमाले घटना लगत्तै दिएको उजुरी प्रहरीले दर्ता गर्न मानेको थिएन । होटलमा दुवै जना बसेको प्रमाण फेला परेपछि सप्तरी प्रहरीले विसं २०८० असोज २४ गते पुनःउजुरी दर्ता गरेको थियो ।

    आरोपित किशोर विसं २०८० असोज २४ गते पक्राउ परेका थिए । जिल्ला अदालतमा विसं २०८० कात्तिक १३ गते अभियोग पत्र दायर भएकामा न्यायाधीश सञ्जिव पोखरेलको इजलासले गत कात्तिक १४ गते किशोरलाई बाल सुधारगृह वीरगञ्ज पठाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार