Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • चार देशका राजदूतहरुले राष्ट्रपति पौडेलसमक्ष पेस गरे ओहोदाको प्रमाणपत्र

    चार देशका राजदूतहरुले राष्ट्रपति पौडेलसमक्ष पेस गरे ओहोदाको प्रमाणपत्र

    अनलाइन नेपाल
  • बिहिबार, १७ जेष्ठ २०८१
  • 414
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न चार मुलुकका नवनियुक्त गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

    राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपालका लागि गणतन्त्र घानाका गैरआवासीय राजदूत डा.विनफ्रेड नी ओकाइ हामोण्ड, गणतन्त्र बुल्गेरियाका गैरआवासीय राजदूत निकोलेइ यानकोभ, इरिट्रियाका गैरआवासीय राजदूत अलेम वल्डेमारियम र गणतन्त्र फिलिपिन्सका गैरआवासीय राजदूत जोसेल फ्रान्सिसीले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।



    समारोहमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जानाएको छ।



    नवनियुक्त राजदूतहरुलाई लाजिम्पाटस्थित दुसित पिन्सेस होटलदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार