Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • संवैधानिक परिषद् विधेयक समितिबाट पारित, निर्णयमा प्रधानमन्त्रीको सहमति अनिवार्य

    संवैधानिक परिषद् विधेयक समितिबाट पारित, निर्णयमा प्रधानमन्त्रीको सहमति अनिवार्य

    अनलाइन नेपाल
  • बिहिबार, १७ जेष्ठ २०८१
  • 432
    SHARES

    काठमाडौं । संवैधानिक परिषद्‌को बैठकमा प्रधानमन्त्रीसहित ५० प्रतिशत सदस्यको बहुमतबाट निर्णय हुने भएको छ ।

    राज्य व्यवस्था समितिको बिहीबार बसेको बैठकले संवैधानिक परिषद्सम्बन्धी विधेयक सर्वसम्मतले पास गरेको हो ।



    यसअघि संवैधानिक परिषद्ले कुनैपनि निर्णय गर्नुपर्दा कसरी गर्ने भन्नेमा विवाद रहँदै आएको थियो ।



    विधेयकको दफा नौ मा बैठकमा अध्यक्ष (प्रधानमन्त्री) र तत्काल बहाल रहेका ५० प्रतिशत सदस्य उपस्थित भएमा परिषद्को बैठकका लागि गणपुरक मानिनेछ भन्ने उल्लेख छ

    । बैठकले परिषद्‌मा कुनै विषयमा सर्वसम्मत हुन नसके अध्यक्ष र तत्काल बहाल रहेका कम्तिमा ५० प्रतिशत सदस्यको बहुमतबाट निर्णय गरिने व्यवस्था पनि उल्लेख छ ।

    साथै परिषद्को बैठकको मिति, समय र स्थानको जानकारी परिषदको सचिवले विद्युतीय माध्यमबाट पनि जानकारी गराउने सक्ने व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार