Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • विधेयकको प्राथमिकता सूची तयार

    विधेयकको प्राथमिकता सूची तयार

    अनलाइन नेपाल
  • बिहिबार, १७ जेष्ठ २०८१
  • 327
    SHARES

    काठमाडौँ । संसद्को हिउँदे अधिवेशनमा सदनलाई अपेक्षित बिजनेस दिन नसकेको सरकारले बर्खे अधिवेशनका लागि विधेयकको प्राथमिकता तय गरेको छ ।

    कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले अन्य मन्त्रालयसँगको परामर्शमा विधेयकको प्राथमिकता तय गरेको हो ।



    पहिलो चरणमा मन्त्रालयले ६३ विधेयकलाई प्राथमिकताको सूचीमा राखेको छ । मन्त्रालयले दोस्रोमा ३८ र तेस्रोमा १५ विधेयकलाई प्राथमिकतामा राखेको छ । प्राथमिकता क्रम अनुसार नै अब मस्यौदा तर्जुमा र विधेयक संसद्मा पेस हुने छन् ।



    मन्त्रालयले सङ्घीयता कार्यान्वयन, मौजुदा ऐनको संशोधन र पहिचान भएका नयाँसमेत गरी ११६ विधेयक विधेयकको प्राथमिकता निर्धारण गरेको हो ।

    प्राथमिकता तय भएकामध्ये केही विधेयक अघिल्लो संसद्मा पेस भई पारित हुन नसकेका विधेयक पनि छन् । ११६ मध्येका दुई विधेयक संसद्मा दर्ता भइसकेका छन् । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार