Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • हाजिर जमानीमा रिहा भए कान्तिपुरका अध्यक्ष सिरोहिया

    हाजिर जमानीमा रिहा भए कान्तिपुरका अध्यक्ष सिरोहिया

    अनलाइन नेपाल
  • बुधबार, १६ जेष्ठ २०८१
  • 3.5K
    SHARES

    काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हिरासतमुक्त भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय, धनुषाले जिल्ला सरकारी वकिल कार्यालयको सहमति लिएर हाजिर जमानीमा उनलाई रिहा गरिएको हो ।



    ललितपुर पहरीले मेडिसिटी अस्पतालमै गएर छोरा सम्भवको रोहवरमा अनुसन्धानका लागि आवश्यक परेका बखत उपस्थित गराउने सर्तनामा गराएर रिहा भएको कागज दिएको छ ।



    धनुषा प्रहरीको निर्णयअनुसार अस्पतालमै कागज गरेर रिहा गरेको ललितपुर जिल्ला प्रहरी परिसरले जनाएको छ ।

    अध्यक्ष सिरोहियालाई काठमाडौं थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाट प्रहरीले पक्राउ गरी नागरिकतासम्बन्धमा अनुसन्धान गर्न भन्दै स्थलमार्गबाट धनुषा लिएको थियो ।

    अदालतबाट तीन पटकमा ९ दिन म्याद थपेर हिरासतमा राखिएका अध्यक्ष सिरोहियालाई तथ्य, प्रमाण र आरोपको गाम्भीर्यता हेरेर सरकारी वकिलको कार्यालयले आफन्तको जमानीमा छोड्ने निर्णय गरेको हो ।

    नागरिकता सम्बन्धी विषयमा सिरोहियामाथि धनुषा जिल्ला प्रहरीमा परेको उजुरीमा कुनै सोधपुछ नै नगरी अदालतबाट पूर्जी लिएर पक्राउ गरिएको थियो ।

    जेठ ८ गते मंगलबार पक्राउ परेका उनलाई शुक्रबार उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि जेठ ११ गते हिरासतबाट प्रादेशिक अस्पताल जनकपुरमा  भर्ना गरिएको थियो ।  तर, आवश्यक परीक्षण सुविधा नभएको कारण देखाएर उनलाई काव्या अस्पतालमा भर्ना गरिएको थियो ।

    थप उपचार आवश्यक पर्ने भएपछि उनलाई मंगलबारमात्र ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार