Online Nepal
  • सोमबार, ५ कार्तिक २०८१
  • ५५ लाखको काजु बरामद गर्ने भन्सार, जस लिने सशस्त्र प्रहरी

    ५५ लाखको काजु बरामद गर्ने भन्सार, जस लिने सशस्त्र प्रहरी

    अनलाइन नेपाल
  • बुधबार, १६ जेष्ठ २०८१
  • 13.1K
    SHARES

    जनकपुरधाम । ‘काम गर्ने कालु मकै खाने…’ भन्ने उखान सशस्त्र प्रहरी बल ८ नम्बर गण धनुषाले प्रमाणित गरेको छ । सोमबार राति भन्सार कार्यालय जनकपुरधामको टोलीले कल्याणी मार्ट अगाडिबाट ५५ लाख ५० हजार बराबरको काजु र किसमिस लगायतका ड्राइफुड बरामद गर्यो ।

    भन्सारको टोलीले २ हजार १ सय १० किलो काजु र ५४० किलो किसमिस बोकेको मधेश प्रदेश०४–००१ ख ०१७१ नम्बरको ट्रक बरामद गरेको समाचार अनलाइन नेपालले सोमबार राति नै प्रकाशित गर्यो ।



    सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सेटिङमा भित्रिएको काजु जनकपुर बजारमा भन्सारले बरामद गरेको समाचार अनलाइन नेपालले ब्रेक गरेको थियो । भन्सारले सामान बरामद गरेपछि सेटिङमा तस्करीको लाइन दिएका एसपी दर्शन गिरीले मंगलबार सशस्त्रको टोलीले बरामद गरेको समाचार विभिन्न मिडियामा प्रवाह गर्न लगाए ।



    भन्सारले सामान बरामद गरी प्रतिवेदन बुझाइसकेको अवस्थामा सशस्त्रले जस लिन खोज्दा विवाद सतहमा आएको छ ।

    भन्सार कार्यालय जनकपुरका प्रमुख भन्सार अधिकृत राजेन्द्र बस्नेतले अनलाइन नेपालसँग भने–काजु र किसमिस भन्सारको टोलीले सोमबार राति नै बरामद गरेको हो । बरामद गरिसकेपछि प्रहरीको सहयोगमा ट्रक भन्सारमा ल्याइएको हो ।

    सशस्त्रले बरामद गरेको दाबी गरिरहेको छ नि त भन्ने प्रश्नमा बस्नेतले भने–‘सशस्त्रले बरामद गरेको भए प्रतिवेदन मागेर हेर्नुस् । सोमबार राति भन्सारले बरामद गर्यो, तर मंगलबार दिउँसो एकाएक सशस्त्र प्रहरीले मिडिया लगेर फोटो खिचाएर आफूले बरामद गरेको भनी जस लिन खोजेको देख्दा आश्चर्य लागेको छ ।’

    सशस्त्र प्रहरी गण नम्बर ७ धनुषा प्रमुख एसपी दर्शन गिरीले भने भन्सारको सहयोगमा बरामद गरिएको प्रतिक्रिया दिएका छन् । भन्सारले बरामद गरेको काजु सशस्त्रकै टोलीले बरामद गरेको जस्तै गरी मिडियाबाजी गरिएकोबारेमा एसपी गिरीले भने–भन्सार र सशस्त्र प्रहरी दुबैले मिलेर बरामद गरिएको हो ।

    उहाँहरुकै सहयोगको लागि सशस्त्रको टोली पठाइएको हो । सशस्त्रले बरामद गरेको भए प्रतिवेदन दिन सक्नुहुन्छ भन्ने भन्ने प्रश्नमा उनले दिन्छु भने । तर प्रतिक्रिया लिएको २ घन्टासम्म अनलाइन नेपालललाई काजु बुझाएको प्रतिवेदन उपलब्ध गराउन सकेका छैनन् ।

    सीमानाकादेखि राजमार्गमा हुने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका चौकीदेखि बीओपी पार गरी तस्करीको काजु भित्रिएको थियो । सशस्त्र प्रहरीकै सेटिङमा तस्करी हुने गरेको त सीमाबाट बजारमा आएको काजु बरामदले पुष्टि गरेको छ ।

    भन्सारले काजु बरामद गरेको बिषयमा सशस्त्रले जस लिन खोेजेको सूचना सशस्त्र मुख्यालयसम्म पुगेपछि एसपी गिरीले बालुवाटारमार्फत भन्सार प्रमुख बस्नेतलाई फोन गरी सशस्त्रले बुझाएको प्रतिवेदन बनाउन दबाब दिइरहेको स्रोतको भनाइ छ ।

    बरामद ट्रक र काजु किसमिस बरामद गरी जनकपुर भन्सार कार्यालयले मुद्दा चलाइसकेको छ । जनकपुरबाट सबै भारतीय सीमा नाका कम्तीमा १) किलोमिटर टाढा पर्दछन् ।

    सिमानाकाबाट तस्करीको भन्साररछली गरी जनकपुरसम्म सामान निर्बाध आउने गरेको सोमबार भन्सार कार्यालयको टोलीले बरामद गरेको काजु किसमिसले पनि पुष्टि गरेको छ ।

    धनुषाका सबै नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका सीमाका चौकी र बीओपीको सेटिङमै भन्सारछली तस्करी हुँदै आएको छ । भन्सार कार्यालयले काजु बरामद गरेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीमाथि प्रश्न खडा भएको छ ।

    जिल्ला प्रहरी कार्यालय धनुषाको प्रमुखमा नेपाल प्रहरीका एसपी भुवनेश्वर तिवारी छन् भने सशस्त्र प्रहरी बल गण नम्बर ७ का प्रमुख एसपी दर्शन गिरी छन् । गिरी त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिधै पहुँच देखाएर धनुषामा सरुवा भएका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार