Online Nepal
  • सोमबार, २८ असोज २०८१
  • नक्कली नोटसहित बाराबाट चार जना पक्राउ

    नक्कली नोटसहित बाराबाट चार जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १६ जेष्ठ २०८१
  • 564
    SHARES

    संकेतिक तस्विर

    बारा । जिल्ला प्रहरी कार्यालय बाराले १३ लाख बराबरको नक्कली नोटसहित चार जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा भारतको कोल्हवी नगरका राजन चौधरी, आकाश चौधरी, विहार मोतिहारीका महमद आलम र रौतहटका मोहनकुमार रहेका छन् ।



    उनीहरुलाई प्रहरीले १३ लाख १६ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित पक्राउ गरेको हो ।



    नक्कली नोटको कारोबार हुन लागेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका ९ कचोर्वा, सानो बसवरीया र ठूलो बसवरीयाबाट चार जनालाई पक्राउ गरेको थियो।

    उनीहरूबाट भारतीय नम्बर प्लेट बिआर ०६ए डब्लयु २७५८ नम्बरको मोटरसाइकलसहित ७ लाख ७ हजार बराबरको नक्कली नोट फेला परेको थियो।

    पक्राउ परेका तीन जनाबाट थप ६ लाख ९ हजार बराबरको नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले यस घटनाको थप अनुसन्धान अघि बढाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार