काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट आशा जगाउने खालको आएको बताएका छन् ।
बुधबार पोस्ट बजेट अन्तर्क्रियामा बोल्दै अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेट वस्तुपरक बनाउने प्रयास गरिएको बताएका हुन् ।
अर्थमन्त्री पुनले वर्तमान आर्थिक शिथिलताको अवस्थामा आशा जगाउने खालको बजेट आएको बताए।
अर्थमन्त्री पुनले सरोकारवालासँग संवाद गरेर सकेसम्म सकारात्मक दृष्टिले काम गरेको बताए ।
उनले आजका दिनमा आफुहरु आँखा जुधाएर कुरा गर्न सक्ने अवस्थामा रहेको बताए ।
चालु आवको प्रक्षेपण नमिलेको अवस्थामा वस्तुपरक बनाउने प्रयास यसपटक भएको अर्थमन्त्री पुनले बताए ।
अर्थमन्त्री पुनले बजेटमा देशभित्रै अवसरको खोजी गर्ने, युवाको निराशा हटाउने प्रयास गरेको समेत बताए ।
अर्थतन्त्रको संरचनामा सुधार ल्याउने कोसिस गरेको अर्थमन्त्री पुनको भनाई छ ।
Leave a Reply